संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गरेर महँगोमा बेच्ने योजनामा फर्वार्ड माइक्रोफाइनान्स, वित्तीय विवरणमा छेडखानी

काठमाडौं । फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्ता झुक्काउने काम गरेको छ । लघुवित्तले भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रिस्तरको लघुवित्तले बोनस सेयरपश्चात वृद्धि हुने पुँजी नबढाई वित्तीय विवरण सार्वजनिक गरेको हो । लघुवित्तले पुरानै चुक्तापुँजी राखेर वित्तीय विवतरण दखाउँदा प्रतिसेयर आम्दानी १५० रुपैयाँ रुपैयाँ देखिएको छ ।

फाइनान्सले पुस २० गतेको वार्षिक साधारणसभामार्फत् ३५ प्रतिशत लाभांश पारित गरिसकेको छ । लघुवित्तको यसअघिको चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ बढेर ८४ करोड ४४ लाख ५० हजार रुपैयाँ पुग्नुपर्ने हो । तर, ब्यालेन्स सिटमा पुरानै चुक्तापुँजी देखाइएको छ ।

जसअनुसार लघुवित्तको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १ सय ४६ रुपैयाँ ४७ पैसा कायम भएको छ । पहिलो त्रैमास अन्त्यसम्म यस्तो ईपीएस ५६ रुपैयाँ ६७ पैसामात्र थियो ।

यसबाहेक लघुवित्तको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा साढे १३ करोड रुपैयाँले बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुग्दा खुद मुनाफा साढे २२ करोड रुपैयाँबाट ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले २३ करोड ७८ लाख रुपैयाँ सेयर कारोबारबाट कमाएको नाफा नोक्सान खातामा देखाएको छ ।

फर्वार्डले आफ्नो संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने तयारी गरेको छ । त्यसैले बलमासी गरेको जानकारको बुझाई छ ।

बोनस दिएको पुँजीलाई क्यापिटल बढाउनुपर्नेमा त्यसो नगर्दा लघुवित्तको प्रतिसेयर आम्दानी बढेको छ ।

गत आवको पुस मसान्तसम्म कम्पनीको ईपीएस ८९ रुपैयाँ ९३ पैसा थियो । गत आवको असार मसान्तसम्म ९१ रुपैयाँ ८७ पैसा रहेको कम्पनीको ईपीएस करिब १५० रुपैयाँ कायम गरेर लगानीकर्ता झुक्याउने प्रयास गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स