काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भोलि (बुधबार) सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।