काठमाडौं उपत्यकामा १ हजार १३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जना संक्रमित थपिएको हो ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ३२६ पुगेको छ ।
देशभर थप ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३२ जनाले ज्यान गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स