मिस यूएस चेस्लीले गरिन् २९औं तल्लाबाट हाम फालेर आत्महत्या

एजेन्सी । मिस यूएस चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् ।

उनले आइतबार म्यानहट्टनस्थित भवनको २९औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

३० वर्षीया क्रिस्टले सन् २०१९ मा ‘मिस युएसए’ को ताज जितेकी थिइन् ।

उनले मृत्युअघि इन्स्टाग्राममा एउटा पोष्ट गर्दे, ‘यो दिनले तिमीलाई आराम र शान्ति मिलोस’ भनेर लेखेकी थिइन् ।

पेशाले वकिल उनले पछिल्लो समय अमेरिकाको कानुन परिवर्तन गर्नुपर्ने माग राख्दै आएकी थिइन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स