वीर र प्रहरी अस्पतालमा आइसीयु र मास्क वितरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसियु) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको हो । डा. विप्लवमणि पोखरेलले उपलब्ध गराएको आइसियु शय्या र सर्जिकल मास्क प्रतिष्ठानको तर्फबाट उनीरुले प्रदान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष समेत रहेका माओवादी केन्द्रका पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्नका लागि अक्सिजन, भेन्टिलेटर र आइसीयु शय्या उपलब्ध गराउँदा सहज भइरहेको बताए । नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तरीय सेवा पु¥याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताए ।

प्रतिष्ठानको तर्फबाट यसअघि भरतपुर अस्पताल चितवन, योगी नरहरीनाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलीखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल पर्वत, जिल्ला अस्पताल बागलुङलगायत आइसीयु शय्या, सर्जिकल मास्क वितरण गरिसकेको छ ।

डा. पोखरेलको पहल कदमीमा चिनियाँ सङ्घसंस्था र सहयोगीका तर्फबाट प्राप्त १५० वटा आइसीयु शय्या सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालमा वितरण गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स