नेप्सेमा १४ अंकको करेक्सन, ५ अर्बको कारोबार

काठमाडौं । आइतबार उच्च अंकले बढेको नेप्सेमा सोमबार करेक्सन देखिएको छ । आइतबार सय अंकले बढेको नेप्से आज (सोमबार) १४.४८ अंकले घटेको छ । आज नेप्से २८७१.०५ विन्दुमा आएर कारोबार बन्द भएको छ ।

२२५ कम्पनीको सेयर ६९ हजार ७७० पटक कारोबार भएको छ । १ करोड १ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

५ वटा कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स