प्राइम लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स जरीवानामा परेको छ । बीमा समितिले इन्स्यारेन्सलाई १० हजार रुपैयाँ जरीवाना गरेको हो । समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण इन्स्योरन्सलाई १० हजार रुपैयाँ जरीवना गर्ने निर्णय गरेको छ,’ समितिद्वारा जारी सूचनामा उल्लेख छ ।

समितिबाट इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५को दफा १२ उल्लंघनगरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको छ ।

बीमितको हित विपरित नब्कली बीमालेख जारी हुन गएो र वैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थित रुपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा एने, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई १० हजार जरीवाना गर्ने निर्णय गरिएको हो,’ समितिका कार्यकारी निर्देशक एवमु प्रवक्ता राजुरमण पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स