१६ कट्ठाको गाँजाखेती फडानी

काठमाडौं ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ ओझैया प्रसौनी टोलमा सुर्ती खेतीभित्र लुकाइछिपाइ लगाइएको १६ कट्ठाको गाँजाखेती पर्सा प्रहरीको टोलीले फडानी गरेको छ ।

सुर्ती खेतीभित्र प्रतिबन्धित गाँजाखेती फस्टाउँदै गएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो ।

पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको टोलीले फडानी गरेको गाँजा स्थानीय सञ्चारकर्मी र समाजसेवीको रोहबरमा नष्ट गरिएको थियो । यसैगरी एक साताअघि पर्साको जगरनाथपुर गाउँपालिका–२ मा १५ कठ्ठामा लगाइएको गाँजाखेती प्रहरी टोलीले नष्ट गरेको थियो ।

सुर्ती खेतीभित्र गाँजाखेती गरिएका कारण सो सुर्ती खेती कसले गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स