नेप्से घट्दा यी हुन् १ अर्बभन्दा बढी सेयर बिक्री गर्ने ब्रोकर

काठमाडौं । यो साता नेप्से परिसूचक १५१ अंकले घट्यो । सातामा सात उपसमूहको नेप्से परिसूचक झिनो अंकले बढेपनि ६ उपसमूहको परिसूचक घटेको छ । बजार घट्दा पनि नासा सेक्युरिटीले भने यो साता सबैभन्दा बढी सेयर खरिद र बिक्री गर्ने कम्पनी बनेको छ । नासा सेक्युरिटीले १ अर्ब ५८ करोड ८ लाख ५३ हजारको सेयर बिक्री गरेको छ । माघ ९ गतेदेखि १३ गतेसम्म भएको कारोबारमा यस्तो देखिएको हो ।

त्यसरी नै बढी सेयर बिक्री गर्ने ब्रोकरमा इम्पेरियल सेक्युरिटी परेको छ । उसले यो साता १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार गरेको हो । भिजन सेक्युरिटी बढी सेयर बिक्री गर्ने तेस्रो नम्बरमा परेको छ । कम्पनीले यो साता १ अर्ब २४ करोड १ लाख मूल्यको सेयर बिक्री गरेको छ ।

त्यसरी नै अनलाइन सेक्युरिटी १ अर्ब १९ करोड ८० लाख, आर्य तारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीले १ अर्ब १२ करोड ७८ लाख, दिपशिखा धितोपत्र कारोबारले १ अर्ब ११ करोड ७४ लाख २७ हजारको सेयर बिक्री गरेको छ ।

यी हुन् अर्बको सेयर बिक्री गर्ने ६ कम्पनी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स