नेप्सेमा भारी गिरावट, २ कम्पनीको मूल्य भने ६० प्रतिशत माथिले बढ्यो

काठमाडौं । यो साता नेप्सेमा भारी गिरावट देखिएको छ । यो साता ५ दिनै नेप्सेमा कारोबार भएको छ । जसमध्ये ४ दिन बजार घटेको थियो भने अन्तिम दिन बिहीबार बजार सामान्य रुपले बढेको थियो । यो साता नेप्सेले १५१.२८ विन्दुले अर्थात ५.१६ प्रतिशतको गिरावटको सामना गरेको छ । २९३१.२६ अंकबाट साताको सुरुवात गरेको नेप्से २७७९.९८ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ठूलो गिरावट देखिए पनि केही कम्पनीको सेयर मूल्य भने बढेको छ ।

यो साता विन नेपाल लघुवित्त, वुद्धभुमि नेपाल हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ ।

यो साता सबैभन्दा धेरै मूल्य विन नेपाल लघुवित्तको बढेको छ । लघुवित्तको सेयर मूल्य ६१ प्रतिशत आर्थ ५०७ रुपैयाँले बढेको छ । आइतबार ८३१ रुपैयाँबाट कारोबार सुरु भएको लघुवित्तको सेयर मूल्य बिहीबारको कारोबार बन्द हुँदा १३३८.२० रुपैयाँ पुगेको छ ।

गत साता नेप्सेमा सूचिकृत भएको वुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ६०.९८ प्रतिशतले बढेको छ । यो साता ३१६.५० रुपैयाँबाट कारोबार सुरु गरेको हाइड्रोपावरको मूल्य बिहीबार ५०९.५० रुपैयाँ पुगेको छ । यो साता हाइड्रोपावरको मूल्य १९३ रुपैयाँले बढेको हो ।

यो साता सर्वाधिक मूल्य बढ्ने तेस्रो कम्पनीको सूचीमा ज्योति लाइफ इन्स्योरन्स रहेको छ । इन्स्यारेन्सको सेयर मूल्य ८.७७ प्रतिशत अर्थात ५८ रुपैयाँ बढेको छ । आइतबार ६६१ रुपैयाँ रहेको इन्स्योरेन्सको मूल्य बिहीबार ७१९ रुपैयाँ पुगेको छ ।

यी हुन् यो साता सर्वाधिक मूल्य बढाउने ५ कम्पनी

Symbol Open Price (Rs) Closing Price (Rs) Change (Rs) Change (%)
WNLB 831 1338.2 507.2 61.03
BNHC 316.5 509.5 193 60.98
JLI 661 719 58 8.77
SGI 639 680 41 6.42
CHDC 950 1010 60 6.32

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स