विदेशी सञ्चितिले ७ महिनाको आयात पनि धान्न सक्दैनः राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले अहिले भएको विदेशी सन्चितीले ७ महिनाको वस्तु तथा सेवा आयात धान्न नसक्ने स्थिति आएको बताएको छ । यस्तो अवस्था आउनु भनेको अर्थतन्त्रमा समस्या आउनु भएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले लकडाउन हटेपछि दक्षिण एशियामा नै जीडीपीको तुलनामा कर्जा बढ्ने देश नेपाल भएको र राष्ट्र बैंकले एकतिरको समस्या समाधान गर्न खोज्दा अर्कोतिर समस्या आउने गरेको जनाएको छ ।

बैकर्स तथा उद्यमी व्यवसायीसँग शुक्रबारको छलफलमा अर्थतन्त्रमा समस्या आएको स्वीकार गरेको छ । बैठकमा उपस्थित उद्योगी व्यवसायीहरूले कोभिडपछि विस्तारै लयमा आउन लागेको व्यवसाय तरलता अभावका कारण मारमा परेको बताए ।

बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले अनुत्पादक क्षेत्रमा बैंकहरुको कर्जा गएको भन्दै यसलाई नियन्त्रण गर्दै जानुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले कर्जा नपाउँदा व्यवसाय अप्ठ्यारोमा परेको बताए । तरलता अभावका कारण बैंकहरूले मनपरी ढंगले ब्याजदर बढाउन लागेको आरोप उनले लगाए ।

बैठकमा सहभागी व्यवसायीले बैक तथा वित्तीय संस्थाले ब्याजदर अत्याधिक बढाएको भन्दै बैंकहरूको आलोचना गरेका थिए । बैंकरहरुले भने लागत बढेपछि ब्याजदर बढाएको भन्दै व्यवसायीले डेढवर्ष अगाडि सस्तो ब्याजदरमा ऋण पाएको कुरा भुलेको बताएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स