काठमाडौं । काठमाडौं उपत्यकामा मात्र २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा २ हजार १५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना संक्रमित थपिएको हो ।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ३५ पुगेको छ ।
देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।