६ महिनामा बैंकहरुले कर्मचारीलाई २८ अर्ब तलब दिए, कुन बैंकका कर्मचारीले कति तलब पाए ?

काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीलाई २८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ तलब दिएका छन् । बैंकहरुले पुस मसान्तसम्म कर्मचारीहरुलाई तलब र बोनसगरी २८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ रुपैयाँ वितरण गरेका हुन् ।

११ वटा बैंकले आफ्ना कर्मचारीको तलबमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

कर्मचारीमा सबैभन्दा धेरै लगानी गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशिया बैंकले कर्मचारीको तलब तथा बनोसगरी चालु आवको पहिलो ६ महिनामा १ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।

कर्मचारी माथि १ अर्ब ७३ करोड ७४ लाख लगानीसहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माथि १ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । कर्मचारीमा सबैभन्दा धेरै लगानी गर्नेमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ ।

कर्मचारीको बोनसका लागि बैंकहरुले छुटाए ५ अर्ब, कुन बैंकको कति ?

नबिल बैंक, मेगा बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक र कृषि विकास बैंकले कर्मचारी माथि एक अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेको छ ।

कर्मचारीमा सबैभन्दा थोरै लगानी स्ट्यान्डर्ड चाटर्ड बैंक देखिएको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकले पुसमसान्तसम्म कर्मचारी माथि ६० करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तो छ बैंकको कर्मचारी माथिको लगानी

 Bank Salary Amt’000
Prime                820,024
Nepal Investment                831,315
Standard Chartered                609,861
Global IME            1,737,430
Nabil            1,513,147
Citizens                853,543
Sanima                784,354
Mega            1,052,661
NMB            1,290,397
NIC Asia            1,866,986
Century                583,250
Nepal Credit & Commerce                736,303
Rastriya Banijya Bank            1,613,379
Nepal Bangladesh                629,067
 Siddhartha            1,357,577
Laxmi                750,346
 Machhapuchchre                981,139
Bank of Kathmandu                713,485
Agricultural Dev            1,501,795
Nepal SBI                805,636
Everest                867,537
 Nepal Bank            1,299,335
 Prabhu            1,465,049
Sunrise                870,264
Civil                662,905
Kumari            1,271,247
Himalayan 755,944
Total          28,223,974

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स