सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । पुस १४ गते सम्पन्न साधारण सभाले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रहेकोमा त्यसको ३० प्रतिशतले हुन आउने ९९ करोड ९७ लाख ५० हजार बराबरको ९९ लाख ९७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

जस मध्ये १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५ सय कित्ता आयोजना प्रभावित स्थानीयलाई, १५ प्रतिशत अर्थात् ४९ लाख ८८ हजार ७ सय ५० कित्ता आम सर्वसाधारणलाई र ५ प्रतिशत अर्थात् १६ लाख ६६ हजार २ सय ५० कित्ता कम्पनीको कर्मचारीलाई छुट्याईएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स