नेपाल बैंकमा डलर खाता खोल्दा आकर्षक ब्याज पाइने, यस्ता छन् प्रावधान

काठमाडौं । नेपाल बैंकले डलरमा खाता खोल्नेलाई आकर्षक ब्याज दिने भएको छ । बैंकले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिने भएको हो ।

बैंकले अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिने बताएको छ । साथै, अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक ब्याजदर दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको हो । यससँगै विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।

बचत तथा मुद्दती खाता दुबैमा न्यूनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्ने बैंकले जनाएको छ । एनआरएन खाता गैर–आवासीय नेपालीहरुले एकल तथा संयक्त रुपमा तथा गैर आवासीय नेपालीबाट प्रबद्र्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ ।

त्यस्तै, यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ । साथै, बैकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ वर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिन बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स