सेयर बजारको करेक्सन सकियोः सेयर लगानीकर्ता संघका उपाध्यक्ष फुल्लेल

काठमाडौं । यो साता सेयर बजारले भारी गिरावटको सामना गरेको छ । यो साताको सुरुवातीदेखि आरोलो यात्रा लिएको थियो । तर, साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार देखिएको छ ।

साताको पहिलो ४ दिनमा नेप्से १५४ अंकले घटेको थियो भने बिहीबार भने ३.३ अंकको सुधार देखिएको छ ।
आइतबार १०.८२५, सोमबार ९९.८५, मंगलबार ५.५९ र बुधबार ३८.४१ अंकले नेप्से घटेको थियो ।

२९३३ अंकसम्म पुगेको नेप्से यो साताको कारोबार बन्द हुँदा २७७९.९८ विन्दुमा आईपुगेको छ ।

२२८१.६७ अंकसम्म झरेको नेप्से परिसुचक पछिल्लो ढेड महिनाको अवधिमा ६५० अंकले बढेको थियो ।
यो साता बजार करेक्सनमा गएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।

यो अवधिमा बजार करिब ३० अंकले बढी सकेको छ । बढेको बजारबाट लगानीकर्ताले नाफा बुक गर्दा त्यसको प्रभाव नेप्से सूचकमा देखिएको हो ।

बिहीबारदेखि नै बजारले करेक्सन छोडेको देखिएको छ । आइतबारदेखि बजार बढ्ने सम्भावना भएको उनले बताए ।

घट्दो बजारमा नाफा बुक गरेका, बढेको समयमा केही घटेपछि खरिद गर्छु भनेर बसेका र नयाँ लगानीकर्ता प्रवेश गर्छन् । ३ प्रकारको खरिद गर्दा बजारमा प्रवेश गर्दा आपूर्तीको तुलनामा माग बढी हुन्छ । माग बढ्ने वित्तीकै बजार स्वभाविक रुपमा माथिल्लो विन्दुमा पुग्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स