रेडमी नोट ११ नेपाली बजारमा, सुरुवाती मूल्य २२ हजार ९९९

काठमाडौं । शाओमीले रेडमी नोट ११ नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेडहरू ल्याउँदै फ्ल्यागशिप फोनलाइ सबैको पहुचमा पुर्याउने उद्देश्यले आजदेखि नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गरेको हो ।
रेडमी नोट ११ भेरियन्टमा उपलब्ध छ ।

४ जीबी + ६४ जीबी भेरियन्टको मूल्य २२ हजार ९९९ रुपैयाँ, ४ जीबी + १२८ जीबी भेरियन्टको मूल्य २४ हजार ९९९ रुपैयाँ र ६ जीबी + १२८जीबी भेरियन्टको मूल्य २६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले, ‘रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौं । जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पु¥याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ । भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ , जसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ। फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।’

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८बाट उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स