अभियान लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। हाल कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड, र चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड पुग्ने छ ।

कम्पनीले आइपीओ निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौता पत्रमा अभियान लघुवित्तका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स