सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर ९३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स