सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको तेश्रो वार्षिक साधारणसभाले बुक विल्डिङ्गमार्फत ६० लाख कित्ता सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

सभाले धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख मात्रमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय गरेको छ ।

यस्तै सभाले आ.व.२०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स