१२ जीवन बीमाको बोनस दर सार्वजनिक, बीमितलाई अधिकतम ८५ रुपैयाँसम्म रिटर्न

काठमाडौं । नेपालमा सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीमध्ये १२ वटाले बीमिलाई दिने बोनस दर सार्वजनिक गरका छन् । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६÷७७ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् ।

जोखिम न्यूनिकरण हुनुका साथै त्यसबाट आउने रिटर्न वा बोनस दरका लागि बीमा गर्ने गरिन्छ ।

आव २०७६/७७ को लागि १२ जीवन कम्पनीले बोनस दर सार्वजनिक गरेका छन् । बोनस दर सार्वजनिक गर्नेमा नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, एलआईसी नेपाल, रिलायन्स लाइफ र महालक्ष्मी लाइफ रहेका छन् ।

जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई प्रति हजार ८५ रुपैयाँ र न्यूनतम १२ रुपैयाँ बोनस दर दिने भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्स

आव २०७६/७७ को बाट बीमितलाई सबैभन्दा धेरै बोनस दर नेशनल लाइफ इन्स्योरेन्सले दिने भएको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ६५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बीमितलाई बोनस पाउनेछन् ।

मेट लाइफ इन्स्योरेन्स

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा र शिक्षा संरक्षण बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ४५ रुपैयाँ देखि ६५ रुपैयाँ बोनस पाउने छन् ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको छ ।
इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमालेखमा बीमितले ७५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउने छन् ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्ल्स, एशियन वार्षिक धनलाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनसदर तोकिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले अग्रमि भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, सावधिक जीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस घोषणा गरेको हो ।
त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ३६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

सन नेपाल लाइफ

सन नेपाल लाइफले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिनेछ ।

कम्पनीको सन लाइफ सावधिक जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । त्यस्तै, भाग्योदय जीवन बीमालेख एकल भुक्तानी सावधिकमा पनि न्यूतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइनेछ । त्यसैगरी, बालसमृद्धि बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ ।

त्यसैगरी, नविन आजिवन बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । कम्पनीको ४ प्रकारका बीमालेखमा ९ वर्षसम्मको बीमालेखमा ३० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाइने छ भने १४ वर्षसम्मको बीमालेखमा पनि ३० रुपैयाँ, १९ वर्षसम्मको बीमालेखमा ४० रुपैयाँ, २४ वर्षसम्म अवधीमा बीमालेखमा ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधीको बीमा गर्दा ७५ रुपैयाँ बोनस पाइनेछ ।

त्यस्तै, धनञ्जय बार्षिक अग्रिम भुक्तानी अन्तर्गतको ९ वर्ष अवधीसम्मका जीवन बीमालेखमा न्यूनतम १८ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस तोकिएको छ । सोही प्रकृतिको बीमालेख अन्तर्गत २० वर्ष वा सो भन्दा माथिको बीमालेखमा ३० रुपैयाँ बोनसदर निधारण गरिएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

बीमितले सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् । जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँ बोनस दर तोकिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ३५ रुपैयाँदेखि ५१ हजार रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले न्युनतम १९ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ६० रुपैयाँ,अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४१ रुपैयाँदेखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँदेखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।

महालक्ष्मी लाइफ

महालक्ष्मी लाइफ इन्स्योरेन्सले न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन ।

कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधिको आधारमा न्युन्तम ५० रुपैयाँ र अधिकतम ५१ रुपैयाँ बोनस दिनेछ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर तोकिएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले बीमितहरुलाई न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने छन् ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँदेखि ७० रुपैयाँ र प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स