लगातार ४ दिनदेखि पुँजी बजार राताम्मै, कारोबार रकम पनि घट्दो

काठमाडौं । यो साताको सुरुवातदेखि घट्दो क्रममा रहेको पुँजीको घटाइले आज पनि निरन्तरता पाएको छ । बुधबार नेप्से ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स ६.५६ अंकले घटेर ५१८.३८ विन्दुमा आइपुगेको छ ।

आज २३३ कम्पनीको सेयर ६१ हजार पटक कारोबार भएको छ । ९३ लाख ५८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूहहरु घटेर राताम्मै भएका छन् ।

विन नेपाल लघुवित्त, बुद्ध भुमी नेपाल हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको ।

पोखरा फाइनान्सको सेयर मूल्य ५.५९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स