जनकपुरमा मेयर चढेको गाडी तोडफोड

जनकपुर । जनकपुरमा मेयर चढेको गाडी तोडफोड गरिएको छ ।
सिके राउत नेतृत्वका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर चढेको गाडी जनकपुरमा तोडफोड गरेका हुन्।

गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल सवार थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै गर्दा उक्त घटना भएको हो ।

तोडफोडबाट मेयर गणेश प्रसाईं घाइते हुन पुगेका छन् । उनको टाँउकोमा चोट लागेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गर्दै आइरहेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स