क्रिप्टो करेन्सी तथा नेटर्वक मार्केटिङ गैरकानूनीः बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो/भर्जुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानूनी रहेका बताएको छ । बैंकर्स संघले आज (बुधबार) सूचना प्रकाशित गर्दै क्रिप्टो करेन्सी तथा नेटर्वक मार्केटिङ गैरकानूनी भएको हो ।

यस अघि नेपाल राष्ट्र बैंकले पनि क्रिप्टो करेन्सी तथा नेटर्वक मार्केटिङ गैरकानूनी भएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक
तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित
कानून बमोजिम कारवाही हुनेछ,’ संघले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स