नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्यो

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको थियो । राष्ट्रिय तथ्यांक विभागले आज बुधबार राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै गएको नेपालमा १० वर्षमा २७ लाख जनसंख्या बढेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।

राष्ट्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको जनसंख्याअनुसार यो दशकमा पनि नेपालमा महिलाको संख्या बढी रहेको छ । २८ जिल्लामा जनसंख्या घटेको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो

विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४।३२ जना बस्न थालेका छन् ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स