एक साता मै वाणिज्य बैंकबाट १३ अर्ब निक्षेप घट्यो

काठमाडौं । माघको पहिलो साता नै वाणिज्य बैंकमा १३ अर्ब निक्षेप घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार एक सातामा बैंकबाट १३ अर्ब निक्षेप बाहिरिएको हो । यो एक साताको अवधिमा वाणिज्य बैंकहरूले १ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् ।

माघ पहिलो साता बैंकमा निक्षेप घट्नुका साथै कर्जाको माग निकै सुस्त देखिएको छ । अहिले बैंकका लगानीयोग्य रकम (तरलता अभाव)का कारण बैंकहरु कर्जा दिन समेत नसक्ने अवस्थामा पुगेको छ ।

माघ पहिलो सातासम्म आईपुग्दा कर्जा–निक्षेप अनुपात (सिडी रेसिया)े ९०.४३ प्रतिशत पुगेको छ । चालु आवको मौद्रिक नीतिमा वाणिज्य बैंकको सिडी रेसियो आगामी असार मसान्तसम्म ९० प्रतिशत भित्र हुनुपर्ने भन्ने रहेको छ । तर अहिले नै बैंकहरुको सिडी रेसियो ९० प्रतिशत नाघिसकेको छ । पुसमसान्तसम्मको तथ्यांक हेर्ने हो भने दर्जनभन्दा बढी बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको छ ।

पुस ३० गतेसम्म बैंकमा ४३ खर्ब २४ अर्ब रहेको निक्षेप माघ ७ गतेसम्म आइपुग्दा १३ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित बनेको छ ।

यस्तै एक साताको अवधिमा कर्जाको माग भने बैंकमा जम्मा १ अर्ब मात्रै रहेको तथ्याङकले देखाएको छ । पुस ३० मा ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको कर्जा एक साताको अवधिमा १ अर्ब बढेर ४१ अर्ब ४४ अर्ब पुगेको छ । पुस अन्तिम साता भने बैंकका निक्षेप १७ अर्ब र कर्जा ३५ अर्बले बढेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स