बैंकहरुसँग सेयरधनीलाई बढ्न मिल्ने पैसा पौने २० अर्ब, कुन बैंकसँग कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आवको दोस्रो चैमाससम्म साढे ३३ अर्ब नाफा आर्जन गरेका छन् । यस्तोमा बैंकहरुसँग विवरण योग्य नाफा १९ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो ६ महिनामा वितरण योग्य नाफाको आधारमा एभेरेष्ट बैंक अग्र स्थानमा देखिएको छ । बैंकसँग २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा छ । गत पुसमा बैंकसँग ६७ करोड ५६ रुपैयाँ वितरण योग्य नाफा रहेको थियो । चालु आवमा बैंकको १ अर्ब ७८ करोड ५४ लाख रुपैयाँले वितरण योग्य नाफा बढेको छ ।

१ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ वितरण योग्य नाफासहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । चालु आवको पहिलो ६ महिनामा बैंकले ५ करोड ३६ लाख रुपैयाँले वितरण योग्य नाफा बढेको छ ।

गत पुसको तुलनामा चालु पुसमा नबिल बैंकको वितरण योग्य नाफा घटे पनि तेस्रो स्थानमा रहन सफल भएको छ । चालु आवको पहिलो ६ महिनामा नबिल बैंकसँग १ अर्ब ४५ करोड रुपैयाँ वितरण योग्य नाफा छ । गत पुसको तुलनामा बैंकको वितरण योग्य नपाm ३९ करोड २० लाख रुपैयाँले घटेको छ । २०७७ पुसमा बैंकसँग १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ वितरण योग्य नाफा थियो ।

वित्तीय मान प्रणाली ‘एनएफआरएस’ अनुसार बैंकहरुले आर्जन गरेको सम्पूर्ण नाफा वितरण गर्न पाउँदैनन् । सम्भावित वित्तीय जोखिमलाई मूल्यांकन गर्दै केही रकम व्यवस्थापन पनि गर्नु पर्ने हुन्छ ।

बैंकहरुले गरेको कुल आम्दानीमा खर्च तथा कर भुक्तानी पछि नाफा तयार हुन्छ । उक्त नाफामध्ये केही प्रतिशत साधारण जगेडा कोषमा जम्मा गर्नु पर्छ ।

यस्तो छ बैंकहरुको वितरण योग्य नाफा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स