काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् ।
कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चयन गरेको हो ।
श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।
आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा उनी रहनेछिन् ।