काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त भएका छन् ।
बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
यसअघि बैंकको अध्यक्षमा रहेका हरि प्रसादको राजिनामा स्वीकृत भएसँगै खड्कालाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
उनी बैंकको संस्थापक सेयरधनी पनि हुन् ।