सुनको मूल्य तोलामा ५ सयले बढ्दा चाँदीको भने घट्यो

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स