आईएसओ ९००१ः२०१५ पाउने हिमालयन पहिलो एयरलाइन्स

काठमाडौं । निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आईएसओ ९००१ः२०१५ मान्यता पाएको छ । यसअघि विभिन्न उद्योग, संस्थाले पाउँदै आएपनि हवाई कम्पनीमा हिमालय पहिलो आईएसओ पाउने कम्पनी हो ।

गुणस्तर व्यवस्थापन प्रणालीमार्फत यात्रु, कार्गो, उड्डयनसम्वन्धी तालिम दिएको आधारमा कम्पनीले यो मान्यता पाएको विज्ञप्तिमा उल्लेख छ । यस अघि गत सन् २०२० अगस्टमा यो कम्पनीलेमर्मत सम्भार र इन्जिनियर सेवामा यो मान्यता पाएको थियो ।

कम्पनीले अहिले पाएको मान्यताको युनाइटेड रजिस्ट्रार र युनाइटेड किङडमसँग सम्बद्ध रहेको जनाइएको छ । कम्पनीले यसका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको जनाएको छ ।

गुणस्तरको मान्यता पाएसँगै कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा थप अगाडि बढ्ने ऊर्जा प्राप्त भएको उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स