सेबोन सञ्चालक पौडेलको अर्को बेथितिः आफै सञ्चालक भएको कम्पनीलाई आईपीओको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा सेयर निष्काशनको अख्तियारी पाएका सञ्चालक तथा आन्तरिक राजस्व विभागमा महानिर्देश शोभाकान्त पौडेलले विवादस्पक निर्णय गरेका छन् । पौडेलले सेबोनको आचार संहिता विपरित आफैं सञ्चालक रहेको कम्पनीलाई आईपीओ निकाल्ने अनुमति दिएका हुन् ।

पौडेल आफै सञ्चालक रहेको इमर्जिङ नेपाल कम्पनीलाई आईपीओ निकाल्ने अनुमति दिएका हुन् ।

इमर्जिङ नेपालले माघ ९ गते जारी पुँजीको १० प्रतिशत अर्थात् ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारीको अनुमति पाएको हो । इमर्जिङ नेपालको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

धितोपत्र बोर्डको पुस २९ गते बसेको बैठकले पौडललाई सेयर निष्काशनको अख्तियारी दिएको थियो । माघ ३ गते बसेको सेबोनको बैठकले इमर्जिङ नेपाल सहित ५ कम्पनीलाई आईपीओ र २ कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति प्रदान गरेको थियो ।

पौडले नेपाल सरकारको प्रतिनिधका रुपमा धितोपत्र बोर्ड र इमर्जिङ नेपालका सञ्चालकमा नियुक्त भएका हुन् । इमर्जिङ नेपाल जलविद्युत, वित्तीय सेवा, शिक्षा, व्यवसायीक कृषि तथा उत्पादन मुलुक क्षेत्रमा लगानी गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारी (पीपीपी)को अवधारणामा स्थापना भएको कम्पनी हो । इमर्जिङ नेपालको मूल्य लगानीकर्तामा विशाल ग्रुप, आईमई ग्रुप र नेपाल सरकार रहेको छ ।

नेपाल धितोपत्र बोर्डका सदस्यको आचार संहिता, २०७४ ले बोर्डका सदस्य कुनै पनि धितोपत्र व्यवसायी, सूचीकृत संगठन वा धितोपत्र दर्ता तथा निष्काशन गरेका संगठीत संस्थाको आधारभुत सेयरधनी वा पदाधिकारी रहेका त्यस्ता कम्पनीको बारेमा बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ । आफू सञ्चालक रहेको कम्पनीबारे हुने छलफल वा निर्णयमा बोडका सञ्चालक सहभागी हुनु हुँदैन ।

पौडलेले बोर्डका आचार संहिता उल्घन गर्दै आफै सञ्चालक रहेको कम्पनीको विषयमा भएको छलफलमा बस्नुका साथै उक्त कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गर्नेमा पनि उनको सक्रिय सहभागिता देखिन्छ ।

इमर्जिङ नेपालले आईपीओको लागि अनुमति माग्दै २०७८ असार १७ गते सेबोनमा निवेदन दिएको थियो । २ वर्षदेखि आईपीओका लागि अनुमति माग्दै निवेदन हालेका कम्पनीको फाइल अघि नबढाई पौडेलले आफू सञ्चालक भएको कम्पनीको फाइल सदर गरेका हुन् ।

बुकबिडिङ मार्फत निष्कासन गर्न लागिएको सर्बोत्तम सिमेट सेयर खरिद प्रकरणमा मुछिएकाले सेबोन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेको छ । ढुंगाना निलम्बनमा परेसँगै सेबोन विगत ५ महिनादेखि अध्यक्ष बिहिन छ । सरकार नयाँ अध्यक्षको खोजिमा छ । यस्तो अवस्थमा हतारमा पौडेललाई सेयर निष्काशनको अनुमति प्रदान गर्नु नै इमर्जिङ नेपाललाई छिटो आईपीओ निष्काशनका लागि अनुमति प्रदान गर्नका लागि हो कि भन्ने सेबोनकै कर्मचारीहरुबीच चर्चा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स