काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ६६३, ललितपुरमा १९२, भक्तपुरमा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभर थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।