नवनियुक्त रक्षा सचिवलाई जंगी अड्‍डामा स्वागत

काठमाडौं । रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाले स्वागत गरेको छ । सेनाले आज जंगी अड्‍डामा कार्यक्रम आयोजना गरे शर्मालाई स्वागत गरेको हो ।

जंगी अड्‍डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै, उक्त कार्यक्रम पूर्व शर्माले प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स