सेयर बजारमा १०० अंकको पहिरो जाँदा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा रहेको छ ।

आज २२८ कम्पनीहरुको सेयर १ लाख १३ हजार २०५ पटक कारोबार भएको छ । १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य हिजो जस्तै आज पनि सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य ९१४.१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,००५.५० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर आज पनि दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ३४८.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३८२.९० रुपैयाँमा कारोबार भएको छ ।

१०.२५% एसबिएल डिवेञ्चर–२०८३ को सेयर मूल्यमा सवभन्दा कम ०.२० प्रतिशतले बढेको छ । हिजो सो संस्थाकोे प्रति कित्ता सेयर मूल्य १,००३ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,००५ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स