आज सेयर मूल्य घटेका कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा रहेको छ ।

आज २२८ कम्पनीहरुको सेयर १ लाख १३ हजार २०५ पटक कारोबार भएको छ । १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ ।

कर्णाली डेभलपमेण्ट बैंकको सेयर मूल्य सवभन्दा बढी ७.८२ प्रतिशतले घटेको छ । हिजो उक्त बैंकको प्रति कित्ता सेयर मूल्य ४७८ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४४०.६० रुपैयाँमा खरिदबिक्री भएको छ ।

माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ७.७१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हाइड्रोकोे प्रति कित्ता सेयर मूल्य ५२५.५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४८५ रुपैयाँमा कारोबार भएको छ ।

९.५% मञ्जुश्री फाइनान्स लिमिटेड डिवेञ्चर–२०८५ को सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य ९३८.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९३८ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स