२६ बैंकको नाफा साढे ३३ अर्ब, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले साढे ३३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सोमबारसम्म चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका २६ बैंकले ३३र्ब ४६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

वित्तीय विवरण सार्वजनिक गर्न हिमालयन बैंकमात्र बाँकी रहेको छ । ३ वटा बैंकले २ अर्ब माथि, १३ बैंकले एक अर्ब माथि र ९ वटा बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा कम छन्।

२० बैंकले नाफा बढाउँदा ६ वटाले भने घटाएका छन् ।

दोस्रो त्रैमासमा नाफाको आधारमा ग्लोबल आइएमई बैंक अग्र स्थानमा देखिएको छ । बैंकले ६ महिनाको अवधिमा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ थियो । बैंकले आफ्नो नाफा १५.०४ प्रतिशतले बढाएको हो ।

२ अर्ब ४० करोड नाफासहित एनआइसी एशिया बैंक दोस्रो स्थानमा छ । बैंकले गत आवको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतले नाफा बढाएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा २ अर्ब ६ करोड रुपैयाँ थियो ।

नबिल बैंक २ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थानमा रहेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ८.२ प्रतिशतले नाफा बढाएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा २ अर्ब १ करोड ६० लाख रुपैयाँ थियो ।

नाफामा सबैभन्दा आक्रमक सिभिल बैंक देखिएको छ । बैंकले गत वर्षको तुलनामा चालु् आवको समीक्षा अवधिमा आफ्नो नाफा १४८ प्रतिशतले बढाएको छ । २०७७ पुसमसान्तमा २० करोड नाफा कमाएको बैंकले चालु आवको दोस्रो त्रैमासमा ५० करोड रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको समीक्षा अवधिको तुलनामा यो वर्ष नाफा कम आर्जन गर्नेमा प्राइम बैंक, प्रभु बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र सन राइज बैंक रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स