एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई दिने प्रस्तावित लाभांश रद्द गरेको छ । नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै स्वीकृति नदिएपछि बैंकले १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो ।

बैंकले गत कार्त्तिक ८ गते प्रस्ताव गरेको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो ।

योसँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश नपाउने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स