नेपाल बैंकको नाफा १ अर्ब ४१ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपला बैंकले १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा घटेपनि १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २०.०८ प्रतिशत घटेको छ ।
इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ३७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १९ रुपैयाँ ६७ पैसामा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ३.३१ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १२.३० प्रतिशत र कर्जा २०.४५ प्रतिशत बढेको छ ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स