चुनाव खर्च उठाउन मन्त्री आलेले बाँडे ३ महिनामा ५ क्यासिनोलाई लाइसेन्स

काठमाडौं । चुनाव खर्च उठाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नयाँ क्यासिनोलाई धमाधम सञ्चालन अनुमति दिएका छन् । कोरोनका कारण देशभरका क्यासिनो बन्द रहेका बेला मन्त्री आलेले नयाँ क्यासिनो सञ्चालनको लागि अनुमति दिएका हुन् ।

क्यासिनो सञ्चालन अनुमतिका लागि पर्यटन विभागको सिफारिस आवश्यक पर्छ अर्थात विभागले सिफारिस गरेपछि मन्त्रीले सदर गर्ने व्यवस्था भएपनि मन्त्री आलेले ‘पावर’ को एकाधिकार प्रयोग गरेर नयाँ क्यासिनो सञ्चालन अनुमति दिएका हुन् ।
लाइसेन्सको अनुमति दिने अधिकार आफैँसँग राखेर मन्त्री आलेले धमाधम लाइसेन्स बाँडेको पर्यटन विभाग स्रोतले बताएको छ । मन्त्री आलेले मन्त्री स्तरीय निर्णय गरेर ५ वटा क्यासिनोलाई लाइसेन्स बाड्ने गरेका हुन् ।

 

आले यसरी धमाधम क्यासिनो सञ्चालनका लागि अनुमति दिनुलाई सरोकारवालाहरूले चुनावी खर्च जोह गर्न मन्त्री लागेको भनेर टिप्पणी गरेका छन् । यसअघि मन्त्री प्रेम आलेले संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने खुसुक्क निर्णय गरेका थिए ।

कुन कुन होटलले पाए क्यासिनो सञ्चालन गर्ने अनुमति ?

मन्त्री आलेको नेपालगञ्जका चार वटा होटललाई क्यासिनो सञ्चालन अनुमति दिएका छन् । कार्तिक ९ गते नेपालगञ्जको होटल स्नेहामा रहने गरी ‘क्यासिनो बेल्लिज’लाई पनि लाइसेन्स दिएका छन् । काठमाडौँको होटल मल्लस्थित ‘बेल्लिज क्यासिनो’कै स्वामित्वमा रहने गरी उक्त क्यासिनो सञ्चालन अनुमति दिइएको हो ।

कार्तिक १२ गते नेपालगञ्जकै होटल ‘स्टारलाइट’ ‘भेन्यू रिक्रिएसन’लाई क्यासिनो सञ्चालन अनुमति दिएका छन् ।

नेपालगञ्जकै होटल सिटी प्यालेस ‘सेफिएर इन्टरटेनमेन्ट’लाई पौष १४ गते मिनि क्यासिनोको लाइसेन्स दिएका छन् भने पौष १६ गते नेपालगञ्जकै होटल कल्पतरुस्थित ‘ॐ त्रयम्बकम्’ क्यासिनोलाई नयाँ लाइसेन्स दिए ।

त्यसरी नै मन्त्री प्रेम आलेले मन्त्री स्तरीय निर्णय गराउँदै कार्तिक २ गते झापाको मेचीनगरस्थित होटल मेची क्राउनमा सञ्चालन हुने गरी ‘भेगस इन्टरटेनमेन्ट’ लाई पूर्ण क्षमताको लाइसेन्सको अनुमति दिएका हुन् । मन्त्री आलेबाट लाइसेन्स पाएको क्यासिनो भेगास झापाको पहिलो पूर्ण क्षमताको क्यासिनो हो ।

मन्त्री आलेले लुम्बिनी विकास कोषभित्र सुरज वैद्यलाई रिसोर्ट सञ्चालन गर्न दिन खुसुक्क गरे निर्णय

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स