क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गौरकानूनी राष्ट्र बैंक, कारोबार गरे कारबाही

काठमाडौं । क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार तथा व्यवसायले नेपालमा कानूनी मान्यता नभएको भन्दै नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गरेको छ ।

हालका दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न तथा त्यस सम्बन्धी हाइपर फण्ड जस्ता कोषमा लगानी भएको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । साथै जोसिएल, क्राउड वान, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गरेको जानकारी प्राप्त भएको तर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।

नेपालमा विदेशी विनियम वा मुद्राको रुपमा भर्जुअल करेन्सी÷क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएको छैन । यस्तोमा गौरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने खतरा छ । त्यस्ता कारोबार तथा व्यवसयमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेत त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने सूचनाका लागि यो सूचना प्रकाशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स