मुखमा पट्टी लगाइ, हात पछाडि बाँधि पठाओ राइडर लुटने दुई पक्राउ

काठमाडौं । पठाओ राइडर लुटने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति ११ बजे काठमाडौंको कोटेश्वरबाट धापाखेल लगि उनलाई कुटपिट गरि लुटपाट गरेको हो ।

पठाओ राइडर उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्ने २५ वर्षीय प्रविन राई हुन् ।

लुटेराले उनको मोटरसाइकलसँगै ब्लु बुक, सामसुङको ए-५० मोबाइल लुटेर भागेका थिए ।

उनको मुखमा पट्टी लगाएर सडकबाट झाडीमा फालेर दुई जनाले मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ। बिहान करिब साढे १ बजेतिर प्रविन हारगुहार माग्दै स्थानियको घरमा पुगेका थिए ।

त्यसपछि स्थानीयले मुखमा पट्टी लगाएको, हात पछाडि बाँधिएको र शरिरका विभिन्न भागमा चोट लागेका व्यक्ति आएको सूचना प्रहरीलाई गरेको थियो ।

सूचना पाउँन साथ उद्वारको लागि खटिएको प्रहरीले उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो।

महानगरीय प्रहरीले लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राई छन्।

प्रहरीले अनुसन्धान गरी काठमाडौंको बलम्बुस्थित चन्द्रागिरि रिकन्डिसन सो रूममा मोटरसाइकल र मोटरसाइकल बेच्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स