१० अंकले सेयर बजार घट्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको पहिलो दिन १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा रहेको छ ।

आइतवार २३२ कम्पनीहरुको सेयर ८७ हजार ४७८ पटक कारोबार भएको छ । १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर खरिदबिक्री भई ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य ८३१ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९१४.१० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ३१६.५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३४८.१० रुपैयाँमा कारोबार भएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०७ प्रतिशतले बढेको छ । हिजो सो संस्थाकोे प्रति कित्ता सेयर मूल्य १,३७८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३७९ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स