ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौं । गएराति ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ ।

करिब दुई फिट अग्लो पित्तलबाट बनेको मूर्ति गएराति चोरी भएको हो ।

मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको ललितपुर प्रहरीले जनाएको छ ।

चोरले मन्दिरको सबै ताला फोडेर मूर्ति चोरेको प्रहरीले जनाएको छ ।

मन्दिरका पुजारी बिहान पूजा गर्न जाँदा मूर्ति नदेखेपछि चोरी भएको खबर स्थानीयबासी र प्रहरीलाई गरेका थिए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स