प्राइम लाइफमा जीवन बीमा गर्ने बीमितले कति पाउँछन् बोनस ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने घोषणा गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्यूनतम ३६ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँदेखि ७० रुपैयाँ र प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स