काठमाडौं । माघ पहिलो सातामा सेयर बजारमा केहि सुधार आएको छ । यो साता बजार ७३ दशमलव ५९ अंकले बढ्दा सूचीकृत कम्पनीहरुको कुल सेयरको मूल्य पनि बढेको हो । यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ ।
साताको पहिलो दिन ६९ अंकले बढेको धितोपत्र बजार दोस्रो दिन पनि २० दशमलव ६९ अंकले बढेको हो । तेस्रो दिन १० दशमलव ७८ अंक र चौथो दिन ३८ दशमलव ३५ अकले घटेको बजार पाँचौ दिन पुनः ३३ दशमलव शून्य ३ अंकले बढेर बन्द भएको हो ।
गत साता २ हजार ८५७ दशमलव ७५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ७३ दशमलव ५९ अंकले बढेर २ हजार ९३१ दशमलव ३४ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९१ अंकले बढेको छ । गत साता ५३० दशमलव ८३ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५४३ दशमलव ७४ विन्दुमा पुगेको हो ।
गत साता ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार बराबरको ६ करोड ९२ लाख ९८ हजार ५७२ कित्ता सेयर कारोबार भएकोमा यो साता ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार रुपैयाँ बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता सेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता २ अर्ब १६ करोड ३३ लाख १६ हजार बराबरको ७२ लाख ६२ हजार ५५ कित्ता बढी सेयर कारोबार भएको हो ।
गत साताको अन्तिम कारोबार दिन ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन ४१ खर्ब ४२ अर्ब ५३ करोड कायम भएको हो । को कारोबारमा कुल बजार पूँजीकरण १ खर्ब ५ अर्ब ४० करोड ३६ लाखले बढेको छ ।
यो साता बजारका सबै सूचकहरु सकारात्मक देखिएका छन् । पछिल्लो समय नेप्से परिसूचक उकालो बुलिस ट्रेनमा देखिएको छ । कोभिडको तेस्रो लहरको जोखिमका बीच पनि बजारले भने सकारात्मक गति लिनु भनेको लगानीकर्ताहरु बजार अझमाथि जानेमा आशावादी रहेको बुझ्न सकिन्छ ।
बजार उकालो लाग्दै जाँदा आम लगानीकर्तामा सकारात्मक सन्देश गएको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालल बताए । ‘सेयर बजार माथि जाने क्रममा रहेको छ,’ उनले भने ‘यो कायम राख्न सकियो भने लामो समयदेखि रुमल्लिएका लगानीकर्तालाई केही राहत मिल्नेछ ।
यसअघि पनि कोभिड प्रभावका विच ऐतिहासिक रेकर्ड कायम गरेको स्मरणमा लगानीकर्ताहरू अझै पनि यसको प्रभाव बढ्दै गए अन्य व्यवसायी क्षेत्रमा प्रभाव परेपनि बजार भने थप गतिशिल बन्ने विश्वास लगानीकर्ताहरुको छ ।
कुन कुन समूहले कमाए यो साता ?
यो साता अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत वृद्धि भएको हो । गत साता २ हजार १३७ दशमलव ०१ विन्दुमा रहेको अन्य समूहको परिसूचक यो साता २ हजार २१७ दशमलव ३५ विन्दुमा पुगेको हो ।
अन्य समूहसँगै यो साता बैंकिङ समूहको ३ दशमलव ६१ प्रतिशत, जलविद्युतको र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ३५ प्रतिशत र जीवन बीमाको ३ दशमलव १९ प्रतिशत परिसूचक बढेको छ ।
यो साता म्युचुअल फण्डको २ दशमलव ७१ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव २३ प्रतिशत, विकास बैंकको २ प्रतिशत र होटल्स तथा पर्यटन समूहको १ दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।
गत साताभन्दा यो साता व्यापारिक समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत, लघुवित्तको शून्य दशमलव शू्न्य ४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक घटेको छ ।