नेबिको बिस्कुटको नयाँ भवन सञ्चालनमा, अब दैनिक ४० टन उत्पादन हुने

काठमाडौं । कुनै बेला बिस्कुटको पर्यायवाची शब्द झै थियो नेबिको । बिस्कुट भनेकै नेबिको ५८ वर्ष अघि स्थापित ब्राण्ड नेबिको अझ पनि उक्तिकै लोकप्रिय छ ।

निरन्तर झण्डै ६ दशकको अवधि पार गर्न सफल ब्राण्डले आज मिति २०७८/१०/०७ गते एक आन्तरिक कार्यक्रम आयोजना गरि नयाँ भवनको उद्घाटन गर्यो ।

नवनिर्मित सो भवनबाट ब्रेकफाष्टहरू जस्तै ओट्स, कन्फेक्सनरी, चकोजलगायतका प्रोडक्टहरू उत्पादन गरी गरि बिक्रि वितरण गर्नेछ । कम्पनीले उत्पादन गरेका यी प्रोडक्टहरु केहि समय अघि देखिनै बजारमा ‘टेष्ट मार्केटिङ’ का उद्देश्यले बजारमा उपलब्ध भइसकेका छन् ।

कम्पनीका कार्यकारी संचालक राजेश कुमार रौनियार, संचालक हरिश चन्द, प्रमुख कार्यकारी अधिकृत केशब प्रसाद भट्टराईबाट संयुक्त रुपमा सोहि युनिटको आज शुक्रबार उद्घाटन भएको छ ।

बालाजुको प्लान्टमा आगो लाग्दा हाल कम्पनी कुल क्षमताको आधामात्र उत्पादन गर्न सक्ने अवस्थामा छ । अब नयाँ भवन बनेपछि कम्पनीले अहिलेभन्दा बढी क्षमतामा बिस्कुट उत्पादन गर्नेछ ।

२०७८ साउन २३ गते कम्पनीको बालाजु स्थित उद्योगमा आगलागी हुनु पूर्व नेबिकोले दैनिक २५ टन विस्कुट उत्पादन गर्दै आइरहेको थियो ।

आगलागी भएको ४४ दिन पछि कम्पनीले बालाजु उद्योगबाट उत्पादन शुरु गरेपनि पूर्ण क्षमतामा भने उत्पादन हुन सकेको थिएन । हाल कम्पनीले दैनिक १३ टन विस्कृट उत्पादन गर्दै आएको थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स