सेयर बजारबाट कसरी कमाउने ? नेपाल चेञ्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालको ६ टिप्स

काठमाडौं । नेपाल चेञ्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल दोस्रो पुस्ताका लगानीकर्ता हुन् । उनका बुवा रामेश्वरलाल अग्रवालले २०३१ सालमा सरकारले स्थापना गरेको रघुपति जुट मिलमा सेयर लगानी गरेका थिए ।

तत्कालिन समयमा उनका बुवाले १ सय कित्ता सेयर खरिद गरेका थिए । बुवाकै प्रेरणा र मार्गनिर्देशबाट सानै उमेरदेखि सेयर बजार प्रति आकर्षण बढ्दै गएको उनी बताउँछन् । उनले सानै उमेरबाट सेयर बजारमा लगानी पनि सुरु गरेका हुन् । उनी नेपाली पुँजी बजारका ठूला लगानीकर्तामध्ये एक हुन् ।

पछिल्लो समय पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । साथै सेयर बजारमा उतार चढाव पनि देखिएको छ । भदौमा ३२ सय विन्दुमा पुगेको नेप्से परिसूचक मंसिर आइपुग्दा २२ सयको विन्दुमा झरेको थियो । पुँजी बजारमा देखिने यस्तो उतारचढावका कारण लगानीको जोखिम पनि उच्च नै रहन्छ ।

वरिष्ठ उपाध्यक्ष अग्रवालको टिप्स

१. जोखिम बहन गर्न सक्ने क्षमता अनुसारको मात्र लगानी गर्नुहोस् ।

२. लगानीकर्ताले पोर्टफोलियो विविधिकरण गर्नु पर्छ । एउटै कम्पनीको मात्र सेयर खरिद गर्नु हुँदैन । विभिन्न क्षेत्रका कम्पनीका सेयरमा लगानी गर्नु पर्छ । यस्तो गर्न सकिए जोखिमलाई कम गर्न सकिन्छ ।

३. सेयर संख्या अधिक रहेको कम्पनीको सेयर पनि आफ्नो पोर्टफोलियामा राख्नु पर्छ । यस्ता कम्पनीका सेयरमा सिमित व्यक्ति मिलेर मूल्यमा ठूलो हेर फेर गर्न सक्दैनन् । धेरै सेयर भएको कम्पनीको सेयर एकै पटक तलमाथि नहुने भएकाले जोखिम कम हुन्छ ।

४. एउटा निश्चित विन्दुमा सेयर मूल्य पुगेपछि बिक्री गर्छु भन्ने योजना बनाएर लगानी गर्नु पर्छ । आफूले तय गरेको स्थानमा सेयर मूल्य पुगेपछि बिक्री गर्न सक्नु पर्छ । यस्तो गर्न सक्नेको लगानी सुरक्षित हुन्छ । कुनै कम्पनीको सेयर मूल्य घटेको अवस्थामा बिक्री गरियो भने थप घटेको समयमा पुनः सेयर खरिद गरेर पहिलाको घाटा कम गर्न सकिन्छ ।

५.सेयर खरिद गर्दा कम्तीमा पनि कम्पनीको ३ देखि ५ वर्षको वित्तीय विवरण र लाभांश इतिहासको विश्लेषण गर्नुपर्छ । राम्रो लाभांश दिइरहेका र नाफा बढाइरहेका कम्पनीमा लगानी गर्नु पर्छ ।

६. व्यापार व्यवसाय विस्तार गर्न सक्ने र भविष्यमा राम्रो गर्न सक्ने सम्भावना भएको कम्पनी छ भने त्यस्ता कम्पनीका सेयर खरिद गरेर केही समय होल्ड गर्न पनि सक्नु पर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स