आजदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँको हकप्रद सेयर बिक्री खुल्ला

काठमाडौं । आज (माघ ७) गतेदेखि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले ३० करोड रुपैयाँको हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले १ः१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

बैंकले पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र आवेदन गर्न पाउनेगरी उक्त हकप्रद बिक्री खुला गरेको हो ।

कम्पनीको हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय सुन्धारा र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेडले रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स