ग्लोबल आइएमई बैंकको नाफा १५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकको खुद नाफा १५.०४ प्रतिशले बढेको छ । बैंकले पहिलो ६ महिनामा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ थियो । वितरणयोग्य नाफामा पनि सामान्य वृद्धि भएको छ । गत वर्ष १ अर्ब ४३ करोड रुपैयाँ रहेको वितरणयोग्य नाफा यो वर्ष बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्ग्दा ग्लोबलको खुद ब्याज आम्दानी भने ०.४९ प्रतिशत र सञ्चाल नाफा १३.५७ प्रतिशतले बढेको छ । यसको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १५.९९ प्रतिशत र २५.८३ प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी २२.३९ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४.९६ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स